काठमाडौं । लागुऔषधसहित एक बालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गा (काठमाडौं)बाट खटिएको प्रहरी टोलीले आज साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
रौतहटबाट काठमाडौं आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
बालकको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।