म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा ललितपुरको नख्खुस्थित म्यानमारको दूतावास अगाडि शुक्रबार बिहान विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ । उनीहरुले म्यानमारका जनताको आन्दोलनमा नेपालीहरुको ऐक्यबद्धता रहेको सन्देशयुक्त प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा डा.गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायतको सहभागीता छ । म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।