संसद पुनर्स्थापना भएसँगै विभाजित नेकपाका दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका छन् ।
नेकपा प्रचण्ड-माधव पक्षले शुक्रबार दिउँसो १ बजेका लागि सिंहदरबारमा दलको बैठक बोलाएको छ भने ओली पक्षले आइतबार ३ बजे दलको बैठक डाकेको छ । प्रचण्ड-माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने नेताहरुले बताएका छन् ।
सो पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठक पनि शुक्रबारै नै बस्दैछ । कांग्रेसले दिउँसो २ बजेलाई दलको बोलाएको जनाएको छ ।