• बैशाख १८ २०८२, बिहीबार

प्रम ओली झापा जाने कार्यक्रम स्थगित

फाल्गुन २१ २०७७, शुक्रबार

प्रधानमन्त्री केपी ओलीको झापा जाने स्थगित कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री नआउने भएपछि नेकपा ओली समूहले विर्तामोडमा आयोजना गर्ने भनिएको आमसभा पनि नहुने भएको छ ।

विप्लव नेकपालाई शान्तिपूर्ण राजनीतिमा फर्काउने सहमतिपछि आयोजना गरिने सभालाई सम्बोधन गर्नुपर्ने भएपछि ओलीले झापा भ्रमण स्थगित गरेका हुन् । प्रधानमन्त्री झापा नआउने भएपछि विर्तामोडमा आयोजना गर्ने भनिएको सभा पनि स्थगित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्रीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रद्धाञ्जली सभा गर्ने कार्यतालिका थियो । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो ।

सहिदको सम्झनामा अर्जुनधारा नगरपालिकामा सालिकसहितको पार्क निर्माण गरिएको छ । प्रधानमन्त्री नआउने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी सहभागी हुन जानेछन् ।