काठमाडौं । नेपालमा पहिलो चरणको कोभिशिल्ड खोप चलिरहेको छ । माघ १४ गतेबाट सुरु भएको कोभिशिल्ड खोप अब अन्तिम चरणमा आइपुगेको छ । पहिलो खोप लिएको ८ हप्तापछि अनवार्य रुपमा दोस्रो खोप लिनु पर्ने भएकाले चैत्र महिनाभित्रै दोस्रो चरणको खोप सुरु हुने पक्कापक्की छ ।
तर खोप लिएपछिको अवस्थामा पनि सुरक्षा सतर्कता र उपायहरु अपनाइरहनु पर्छ । चिकित्सकहरु भन्छन्– खोपलगाएपछि शरीरमा एन्टीबडी बन्नु पर्छ । एन्टीबडी बनेपनि त्यो विकास हुने क्रम बिस्तारै हुन्छ । त्यसैले यो बेलामा कोरोना महामारीले आक्रमण गर्नसक्ने संभावना रहि नै रहन्छ । यो बेलामा कोरोना संक्रमण जोखिम घटेको हुँदैन ।
त्यसैले खोप लिएका मानिसले मास्क लगाइरहनु पर्छ । भौतिक दुरी कायमै राखिरहनु पर्छ । सतर्कता उत्तिकै जरुरी हुन्छ । सुुरक्षा मापदण्ड कायमै राखी सतर्क भैरहनु पर्छ । फेरि कोरोना भाइरसको विभिन्न प्रजाति वा संस्करणमा विकास भैरहन्छ । विकसित प्रजातिका लागि पहिले लिएको खोपको मात्रा अपुग पनि हुन सक्छ ।
नयाँ खोप पनि लिइ नसकेको र पहिले लिएको खोपको मात्राले नयाँ प्रजातिको संक्रमणलाई रोक्न पनि नसक्ने अवस्था सिर्जना हुने कुरालाई गम्भीरतापूर्वक लिइनु पर्छ ।