वार्ता प्रकृयामा रहेका नेपाल सरकार र विद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भएसंगै देशमा एकचोटी फेरि राजनैतिक माहोल तातेको छ ।
सरकारले प्रतिबन्ध लगाएको झण्डै २ वर्षपछि विद्रोही नेकपा माथिको प्रतिबन्ध हटाउने र सो पार्टीका बन्दी बनाइएका नेता कार्यकर्ताहरुलाई बिनासर्त छोड्ने सहमति भएपछि सो सो पार्टी अब खुल्ला राजनीतिमा आउने भएको छ ।
अब विप्लव सो पार्टीले आफ्ना राजनैतिक एजेण्डाहरुको समाधान संवादको माध्यमबाट गर्ने साथै आफ्ना जनपक्षीय एजेण्डाहरुको प्रचारप्रसार शान्तिपूर्ण तरिकाले संचालन गर्ने बिहीवार सरकारी तथा विद्रोही वार्ता टोलीका प्रमुखहरुद्वारा हस्ताक्षरित प्रेस नोटमा उल्लेख गरिएको छ ।
प्रेस नोटमा उल्लेख गरिए अनुसार भोलि फागुन २१ गते शुक्रबार अपरान्ह २ बजे नेपाल सरकारका प्रधानमन्त्री केपी ओली र महासचिव विप्लवले एउटै समारोहलाई सम्बोधन गर्ने भएका छन् ।