नेपाल सरकार र विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुदे सहमति भएको छ।
सहमति अनुसार नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनैतिक बिषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने,आफ्ना सम्पूर्ण राजनैतिक कृयाकलाप शान्तिपुर्णा रुपमा संचालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने साथै राजनैतिक कारणले बन्दी बनाईएका सो पार्टीका नेता कार्यकर्ताहरुको रिहाई र मुद्वा खारेज गर्ने बिषय समेटिएका छन्।
आज बिहिवार बिहान सरकारी वार्ता टोली र बिद्रोही पार्टीका वार्ता टोलीबीच भएको वार्तामा सो सहमति भएको जानकारी दिईएको छ। वार्तापछि सरकारी वार्ताटोली प्रमुख गृहमन्त्री राम बहादुर थापा ‘बादल’ र बिद्रोही वार्ताटोली प्रमुख कमरेड ‘प्रकाण्ड’द्वारा हस्ताक्षरित प्रेसनोटमा सो कुरा बताइएको छ।