काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) दिउँसो ललितपुरको जाउलाखेलस्थित सदर चिडियाखानाको अवलोकन गरेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री ओलीले चिडियाखाना अवलोकन गरेका हुन् ।
उनले त्यहाँ जनावर राखिएका सबैजसो क्षेत्रको अवलोकन गर्दै हिँडेका छन् ।