• माघ १८ २०८१, शुक्रबार

के ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा मानिसको जस्तै दिमाग हुन्छ ?

फाल्गुन १९ २०७७, बुधबार

आर्टिफिसियल इन्टेलीजेन्सले मानिसले झैं व्यवहार गर्दछ । यसले मानिससँग आफू पनि मानिस भएझैं व्यवहार गर्दा पृथ्वीमा कतै वैकल्पिक मानिस त उत्पत्ति भएन भन्ने गम्भीर प्रश्न पनि उठाएको छ । अबको जमाना कृत्रिम बौद्धिकताको हुने भएपछि मानव युगको अन्त्य भएको त होइन भन्ने प्रश्न पनि सिर्जना भएको छ । मानव आफैले आवश्यकताका नाममा यस्ता कुराहरु किन उत्पादन गर्न थाल्यो, यसको असरका बारेमा सोचिएको छ कि छैन ? अहिले त एक देशले अर्को देशलाई दिने चुनौती भनेकै कृत्रिम बौद्धिकताको प्रयोग मार्फत् हो ।

कृत्रिम बौद्धिकता भनेको कम्प्युटर, मेसिन तथा रोबोटले मानिसजस्तै काम गर्न सक्ने बनाउनु हो । यिनीहरुका कारण मानिसले कुनै ठाउँमा गएर गर्न नसक्ने काम गर्नु गराउनु हो । कृत्रिम बौद्धिकताले त मानिसले झैं सोच्ने र जवाफ दिने काम पनि गर्दछन् । यिनीहरुले मानिसको झैं नक्कल गर्ने, मानिसको व्यवहार देखाउने, सोच्ने र जवाफ दिने, कुनै कामको बारेमा निर्णय लिन सक्ने र कामलाई मानिसले झैं तर्कपूर्ण निष्कर्षमा पुर्याउने गर्दछन् ।

कृत्रिम बौद्धिकताको युगलाई ‘रोबोटिक युग’का नामले पनि बुझिन थालिएको छ । यसको प्रयोग कम्प्युटरमा बेसी भैरहेको छ । पछिल्लो समयमा त रोबोट र अरु मेसिनमा पनि हुँदै गएको छ । यसको सबैभन्दा ठूलो गुण भनेको नै यन्त्रले मानव व्यवहार देखाउनु हो । यिनले त यतिसम्म पनि गर्दछन् कि विगतका कुरा सम्झने, मानिससँग दोहोरो कुरा गर्ने, अध्ययन गर्ने, सिक्ने सिकाउने र यसो गर भनेर निर्देशन दिने, समस्या समाधान गने, धेरै कामहरु एकै पटक पनि सोचेर गर्न सक्ने गर्दछन् । कृत्रिम बौद्धिकता प्रयोग गरिएका रोबोटले कार पनि चलाउन सक्छन् । भनेको ठाउँमा यात्री ओह्राल्ने र चढाउने सोधपूछ गर्ने र जवाफ दिने पनि गर्दछन् ।

आज त यस्ता रोबोटिक कुराहरु कृत्रिम बौद्धिकताका कारण मानव जीवनमा अभिन्न भैसकेका छन् । दैनिक जीवनमा यिनीहरुले मानव जीवनसँग सहकार्य गरिरहेका छन् । यो सबै कम्प्युटर सिस्टमको विकास भएको कारणले गर्दा हो । बाटोमा फाइबर लिंक जोडेर यसको मजासँग उपयोग भैरहेको छ । फाइवर लिंकले कुन ठाउँमा पुग्ने हो ठेगाना दिएपछि त्यहाँ नपुग्दासम्म ड्राइभर छेउ  राखिएको स्क्रिनमा दिशा निर्देश गरिरहन्छ ।