• मंसिर १२ २०८१, बुधबार

प्रधानमन्त्री बन्ने अवसर आए छाडिन्न : सभापति देउवा

फाल्गुन १९ २०७७, बुधबार

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको नेतृत्व लिने जिम्मेवारी काँधमा आए नभाग्ने बताएका छन् । बुधबार चितवनमा कांग्रेसका दिवंगत नेता तथा पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्रीका लागि आफू मरिनमेट्ने तर जिम्मेवारी लिनुपर्ने अवस्था आए पछि नछाड्ने बताएका हुन् ।

‘प्रधानमन्त्री पदका लागि मरिमेट्ने वा भाग्ने कुरा हुँदैन,’ उनले भने, ‘काँधमा जिम्मेवारी आयो भने जिम्मेवारी लिनुपर्छ । म पछि हट्दिनँ ।’

सभापति देउवाले काँधमा जिम्मेवारी आए पूरा गरेरै छाड्ने बताएका छन् । साथै, आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको र प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने देउवाको भनाइ छ।