काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल – नेपाल नेतृत्वको समूहले संसदीय दलका उपनेतासहित छ नेतालाई पार्टीबाट निलम्बन गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरी र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।