• मंसिर १२ २०८१, बुधबार

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता सकियो

फाल्गुन १९ २०७७, बुधबार

काठमाडौँ। नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्दैमा आजको बैठक सकिएको बताइएको छ ।

वार्तामा सरकारी पक्षबाट सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने  विप्लवले नेतृत्व गर्नु भएको नेकपाका पक्षबाट वार्ता टोलीका संयोजक प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सदस्य, केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागि थिए ।

सरकारी वार्ताटोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले वार्ता सकारात्मक दिशाउन्मुख रहेको बताएका छन्।

 

विशेष स्रोतले गोल मिडिया खबरलाई बताए अनुसार  प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् समेत सो विद्रोही पार्टीसँग अनौपचारिक वार्ता गर्न  इच्छुक देखिएका छन् ।

सरकारले २०७५ फागुन २८ मा सो पार्टीलाई प्रतिबन्ध लगाएको थियो ।