काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकप) दाहाल -नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने बताइएको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने दाहाल -नेपाल समूहको माग छ ।
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।