• मंसिर १७ २०८१, सोमबार

आश्चर्यको ब्रह्माण्ड मानव शरीर

फाल्गुन १८ २०७७, मंगलवार

मानिसले आश्चर्यका कुरा आफूबाहिर खोज्छ । वरिवरिको वातावरणमा खोज्छ । जल, थल र आकाश उसका खोजीका क्षेत्र बनेका हुन्छन् । हरेक जीव, वनस्पति तथा निर्जिव कुरा नै उसका खोजीका विषय हुन् । यसैमा मानिसले आश्चर्य देख्न पुग्छ । यस कारण पनि मानिसले आफूलाई नै चिन्दैन । आफ्नो शरीर के हो र कस्तो छ भन्ने कुराको कमै ख्याल राख्छ । ऊसँग आफ्नै शरीरका बारेमा कम जानकारी हुन्छ ।

तर मानिसको शरीर नै सबैभन्दा ठूलो आश्चर्यको खानी हो । यो आश्चर्यका बारेमा मानिसलाई खासै थाह नहुने भएकाले आफ्नै शरीरमा हुने गरेका गडबडी किन भयो भन्नेसमेत् थाह पाउँदैन ।

आँखा : जन्मेदेखि मर्दासम्म नबढ्ने अङ्ग

आँखा मानिसको कहिल्यै पनि घटबढ नहुने अङ्ग हो । जन्मदा जत्रो थियो, यसको आकार मर्दासम्म पनि उत्रै रहन्छ । बृद्धि विकासका हिसाबले यो एक स्थिर र स्वायत्त अंग जस्तै हो ।

कोर्नियामा रक्त सञ्चार हुँदैन :

कोर्नियाले मानिसको आँखालाई समातेर राखेको हुन्छ । यो यति बलियो हुन्छ कि मर्दासम्म पनि आँखा कोर्नियाको पकडबाट बाहिर जान सक्दैन । तर यो कोर्नियामा कहिल्यै पनि रक्त सञ्चार हुँदैन । बरु कोर्नियाले आफूलाई आवश्यक पर्ने अक्सिजन शरीरबाट नलिई सिधै हावाबाट लिन्छ । यो अचम्मको एक स्वायत्त मानव अंग हो, जो शरीरमै भएर पनि शरीर बाहिरको अङ्गजस्तै स्वतन्त्र रहन्छ ।

मानिसको बोसोबाट सात कार्टुन साबुन :

मानव शरीर अन्य प्राणीको तुलनामा अत्यधिक बोसो हुन्छ । यदि एकजना मानिसको बोसोबाट साबुन बनाउने हो भने सात कार्टुन साबुन बन्छ ।

जन्मदा भएका ३०० मध्ये ९४ हड्डी मानव शरीरमा बिलाउँछन् :

जन्मदा मानिसको शरीरमा ३०० भन्दा बढि हड्डी रहेका हुन्छन् । तर मानिसको उमेर बढ्दै जाने क्रममा यी ३०० मध्ये एकएक गरी हराउँदै गएर बुढेसकालमा जम्मा २०६ हड्डी मात्र बाँकी रहन पुग्छन् । यसको अर्थ हो, ९४ भन्दा बढी हड्डी शरीरमा बिलाएर जान्छन् । आश्चर्यलाग्दो कुरा त छ भने सबैभन्दा बढि हड्डी हात र खुट्टामा हुन्छन् । शरीरमा रहेका कूल हड्डीमा ९४ हड्डी खुट्टामा मात्र हुन्छन् । यो भनेको शरीरमा रहेका हड्डीको एकचौथाई हो ।

शरीर बाहिर निकाले पनि धड्किइरहन्छ मुटु :

मानिसको प्राणका रुपमा रहेको मुटु शरीरको बाहिरतिर झुण्ड्याइए पनि धड्कन छाड्दैन । यसलाई छातीभित्र फोक्सोको दुईभाग बीचमा सुरक्षित राखिएको कारण चाहिं चोटपटक लाग्नबाट बचाउन र किटाणुको आक्रमण र संक्रमणबाट रोक्न मात्र हो ।

दिसा गर्दा आउने आनन्दले मुख रातो हुन्छ :

दिसा गर्दा मानिसले जति आनन्द प्राप्त गर्छ, त्यो अतुलनीय हुन्छ । यो आनन्द मानिसको मुख रातो पारेर बिगारिएको अवस्थामा देखिन्छ । अनुहारमा देखिने आनन्दसँगै मजालिँदै पेटले पनि त्यस्तै क्रिया गरिरहेको हुन्छ ।

शरीरमा हुन्छन् स्वायत्त वा स्वचालित अङ्ग :

मानिसको शरीरमा स्वचालित र परचालित अङ्गहरु हुुन्छन् । स्वचालित अङ्गहरु आफैमा स्वायत्त पनि हुन्छन् । यी आफ्नै धुन र प्रक्रियामा हुन्छन् । मुटुको चाल चाहेर पनि रोक्न सकिदैन । फोक्सोमा हावा रोकेर पनि बन्द गर्न सकिदैन । त्यसै गरी आमाशयको पाचन प्रक्रिया, मृगौलाबाट पिसाब छानिने प्रक्रिया, दिसा लाग्ने प्रक्रिया आफूले चाहेर बाहिरी बल प्रयोग गरेर रोक्न सकिदैन ।

पानीमा डुब्दा मुखबाट मात्र पस्छ पानी :

मानिसको शरीर आफैमा स्वचालित र परचालित अवस्थामा छ । पानीमा डुब्दा शरीरमा केही अङ्ग पौडनका लागि निकै प्रयास गर्दछन् । पानीको चापका कारण ती स्वचालित झैं क्रियात्मक हुन थाल्छन् । शरीर पानीमा डुब्दा पानी नपसोस भनेर संभावित सबै अङ्ग र छिद्रहरु बन्द गरिदिन्छन् । मुखबाट भने स्वासप्रस्वास बन्द गर्न नसकिने भएकाले पेटमा पानी पर्न पुग्छ ।

टेराटोमस ट्युमर उम्रनु :

मानव शरीरमा कहिलेकाहीं टेराटोमस ट्युमर उम्रन थाल्छन् । यी घातक ट्युमर वनमा काँढा उम्रिए झैं काँढैकाँढाका हुने र रौंहरु फैलाउने गर्दछन् ।

अन्तरीक्षमा २ इञ्च बढ्छ मानिस :

अन्तरीक्ष यात्री अन्तरीक्षमा पुग्दा पृथ्वीमा भएको उनीहरुको उचाइभन्दा २ इन्च अग्ला भएका हुन्छन् । त्यहाँको गुरुत्व सन्तुलनको वातावरणले त्यसो गराएको हुन्छ ।

मानिसको गिदीको कोषिकाले एकले अर्कालाई खान्छ :

मानिसको शरीरमा रहेको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो, गिदी । अक्सिजन नभएको अवस्थामा पनि यो ५ देखि १० मिनेटसम्म जीवित रहेको हुन्छ । त्यसपछि अक्सिजन आपूर्तिका लागि गिदीले आफ्नै कोषिका खान थाल्छ । शरीर सुक्नुका साथै गिदी पनि कम हुँदै जान्छ ।

मानिसको मुटु गीतको तालमा धड्कन्छ :

मानिस मनोविनोद प्रिय हुन्छ । उसले गीत सङ्गीत निकै मन पराउँछ । तर मन पर्ने गीत सङ्गीत भने फरक हुन्छन् । आफूलाई मन परेको गीत सुनेर आनन्द लिइरहेको मानिसको मुटुको धड्कन पनि गीतकै लय र तालमा धड्किइरहेको हुन्छ ।

मानिसभन्दा चार गुणा लामो हुन्छ सानो आन्द्रा :

मानिसको सानो आन्द्रा मानिसको कूल लम्बाइभन्दा चार गुणा लामो हुन्छ । यसको लम्बाइ लगभग २३ फिट लामो हुन्छ ।

एकजना मानिसको रक्तनली एकलाख माइल लामो हुन्छ :

एकजना मानिसको शरीरमा रहेका रक्त नलीलाई पाइपजस्तै जोड्ने हो भने त्यो एक लाख माइल लामो हुन्छ ।

पेटमा धातु पगाल्ने एसिड :

मानिसको पेटमा यति धेरै ताप र यति शक्तिशाली एसिड हुन्छ कि त्यसले धातु पनि पगालिदिन्छ । यो एसिड आमाशयमा मात्र हुन्छ । कथंकदाचित यो एसिड शरीरका अन्य अंगहरुमा पुग्यो भने ती अंगहरु नै जलाइदिन्छ ।

दुई पोखरी बराबर मानिसको थुक : 

मानिसले जीवनमा धेरै परिमाणमा थुक उपयोग गर्दछ । जन्मेदेखि मर्दासम्म एकजनाको मात्र थुक संकलन गर्ने हो भने दुईवटा स्वीमिङ पोखरी बराबर हुन्छ ।

अन्य आश्चर्य :

मानिस बिहानपख अलि अग्लो र रातमा केही होचो हुन्छ । मानिसले स्वास लिने र खाने एकैसाथ गर्न सक्दैन । मानिसको बायाँ किड्नी दायाँभन्दा केही अलिकति माथि हुन्छ । नाक र कान मर्दासम्म पनि वृद्धि भइरहने अंग हुन् । गर्भावस्थामा गर्भवतीको गिदी केही खुम्चिएको हुन्छ ।