• बैशाख १८ २०८२, बिहीबार

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ३२ निर्णयहरु

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौं । सरकारले पछिल्लो समय बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।
आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारले सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई सचिवमा बढुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले नेपाल न्याय सेवा सरकारी वकिल समूह, राजपत्रांकित प्रथम श्रेणी अर्थात सहसचिव कृष्ण प्रसाद पुडासैनीलाई राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा गरेको हो।

यस्तै बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्धकमा अनिल कुमार झालाई पनि नियुक्त गरेको छ।
२०७७ फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू हेर्न यहाँ क्लिक गर्नुहोला