काठमाडौँ । काठमाडौँको मनमैजुमा अवस्थित एकीकृत सिर्जनशील समाज अब आफ्नै भवन निर्माणमा जुटेको छ ।
समाजद्वारा संचालित बालगृहको भवन निर्माणको लागि टोखा नगरपालिका वार्ड नम्बर–१ को फूलबारी चोक नजिकै जग्गा लिएर सो संस्था आफ्नै भवन निर्माणमा जुटेको हो ।
समाजले असहाय गरिब तथा द्वन्दपीडित बालबालिकाहरुलाई आश्रय दिएर शिक्षादीक्षा प्रदान गर्दै आएको छ । समाजका पदाधिकारीहरु अध्यक्ष जयप्रकाश बुढामगर, उपाध्यक्ष तथा बालगृह प्रमुख भिमकुमार रोकामगर ‘प्रतिरोध’ महासचिव जीवन बुढामगर, कोषाध्यक्ष तथा बालगृहकि आमा जुनु पुनमगर, सदस्य यनुकुमारी घर्तीमगर लगायतको उपस्थितिमा जग्गामा भवन निर्माण गर्नको लागि डोजर लगाएर जग्गा सम्याउने कामको शुरुवात भएको छ ।
विभिन्न समस्याहरुका बाबजुद पनि सो संस्था असहाय बालबालिकाको सेवामा निरन्तर लागि रहेको सो समाजले बताएको छ । हाल सो संस्थामा ४० भन्दा बढि बालबालिकाहरु रहेका छन् । उनीहरुको खानपान तथा पढाईको सो संस्थाले नै जिम्मा लिएको छ ।