• मंसिर ११ २०८१, मंगलवार

मुस्ताङ पुग्दा हेर्नै पर्ने दुई कुरा

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौं । मुस्ताङ आफैमा प्रकृतिको बरदान हो । यहाँका ढंगामाटो, नदीनाला, प्राकृतिक अवस्थिति, बस्ती, मानव भेषभूषा, जीव तथा वनस्पति र सांस्कृतिक क्रियाकलाप सबै पर्यटनमैत्री छन् । यो क्षेत्र विदेशी पर्यटकका लागि जत्तिको आकर्षक छ, घरेलु वा आन्तरिक पर्यटकका लागि पनि उत्तिकै आकर्षक र मनोरम रहेको छ ।

विदेशी मात्र होइन, हजारौं नेपाली पर्यटक पनि वर्षेनी यहाँ पुग्ने गर्दछन् । नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङ आफैमा नेपालका अन्य भागभन्दा भिन्न विशिष्टताले भरिएको छ ।

मुस्ताङ पुग्दाको बाटोमा थासाङ, घर्पाझोङ, बाह्यगाउँ मुक्ति क्षेत्र, दामोदर कुण्ड, लोमान्थाङ आदि सबै जोडिन आइपुग्छन् । वास्तुकलाका हिसाबले मुस्ताङमा पुराना गुफा र दरबार पर्यटकका आँखामा घुमिरहने दुई कुरा हुन् ।
मुस्ताङका गुफाहरु कहिले, किन र कसका लागि बनाइए, त्यो कुराका बारेमा मुस्ताङीहरुका बीचमा पनि मतैक्यता देखिंदैन । उनीहरु पनि यसबारेमा विभिन्न कथाहरु सुनाउँछन् ।

कतिपयले प्राचीन समयमा रहेका कबिलायी समाजमा तिब्बतीबाट हुने आक्रमणबाट बच्न यस्ता घर आकारका गुफा बनाइएको सुनाउँछन् । छोसर भन्ने स्थानमा रहेको झोङ गुफा पाँचतला अग्लो रहेको र यसका १५० वटा कोठाहरु छन् ।
त्यहाँ पुगेका पर्यटकका लागि टिकटको व्यवस्था गरिएको छ । आन्तरिक पर्यटनमा गएका पर्यटकका लागि रु. १०० र विदेशी पर्यटकका लागि रु. ५०० मा टिकट बिक्रि गरिन्छ ।

उपल्ला तलामा जान र तल्ला तलामा ओर्लन त्यहाँ काठका भर्याङ लगाइएका छन् । यी भर्याङ पनि निकै पुराना र पुरातात्विक महत्वका छन् । यसलाई २०७२ सालको भूकम्पले पनि क्षति पुर्याउन सकेको छैन । यी सबै माथिल्लो मुस्ताङमा पर्दछन् ।

तर दरबार माथिल्लो मुस्ताङमा रहेको छ । यी निकै पुराना र पुरातात्विक महत्वका छन् । यीमध्ये लो मान्थाङ दरबार एक हो । यो दरबारमा राजा जिग्मे परवल विष्ट शासन गर्दछन् । यो नेपालभित्र रहेको एक स्वायत्त दरबार पनि हो ।
दरबार पाँचतला अग्लो छ । २०७२ सालको भूकम्पले यसलाई भने केही क्षति पुर्याएको छ । यसैका कारण पनि यसको दर्शनका लागि पर्यटकलाई खुला गरिएको छैन ।