दाङ । राष्ट्रघाती अमेरिकी एमसिसी सम्झौता र भ्रष्टाचारका विरुद्धमा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ घोराही नगर समितिले घोराहीमा अटो तथा मोटरसाइकल र्याली निकालेको छ ।
घोराहीको ट्राफिक चोकबाट सुरु भएको र्याली गुजुरी बजार, नयाँ बजार, आर्मी ब्यारेक, लखन पार्क, दामोदर चोक, तुलसीपुर चोक, नापीशाखा चोक, जिल्ला प्रशासन तथा मालपोत चोक, नगरपालिका अदालत सडकहुँदै सहिद गेट पुगेर कोणसभामा परिणत भएको थियोे ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले अमेरिकी एमसीसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता र असंलग्न परराष्ट्र नीति ध्वस्त हुनेमा सचेत गराए । आचार्यले भ्रष्टाचारलाई मात्रै रोक्न सके र प्राकृतिक श्रोत साधनलाई ठिकसँग प्रयोग गर्न सके एमसीसीको ५५ अरब होइन हजारौं ५५ अरब हाम्रै देशमा कमाउन सकिने कुरामा जोड दिए ।
कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष चित्र एमसीले सबै खाले राष्ट्रघात, भ्रष्टाचार र अनियमितताका विरुद्ध अखिल नेपाल युवक संघले खबरदारी गर्दै आएको बताए । कार्यक्रमको सहजीकरण अखिल छैठौं का केन्द्रिय सदस्य खग्रेन्द्रा विष्टले गरेकी थिइन् ।