• बैशाख १८ २०८२, बिहीबार

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना सङ्क्रमण

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौं,देशभर थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ६८ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७० हजार ४७१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ ।