• चैत्र २० २०८१, बिहीबार

घामले डढेको छालाको उपचार

फाल्गुन १७ २०७७, सोमबार

१. यदि घामको कारणले छालाको रङ फिक्का भएको छ भने काँचो टमाटरलाई मिचेर दलेपछि छाला शीतल हुन्छ र कालोपन पनि हट्छ ।

२. दैनिक नुहाउनुभन्दा पहिला शरीरको खुल्ला भागमा दही लगाएर दश मिनेटसम्म त्यत्तिकै खुल्ला छाडी त्यसपछि नुहाउँदा घामले डढेको निको हुन्छ । ।

३. आलसको तेल र कागतीको रस बराबर मात्रामा मिसाएर छालामा लगाउँदा घामले असर गरेको छालामा फाइदा पुर्याउँछ ।

४. एक चम्चा बेसन, थोरै बेसार, एक चम्चा काँचो दुध र एक चम्चा गुलाब जल मिसाएर नियमित रुपमा लगाउनाले छालामा निखार ल्याउँछ ।

५. चन्दन घोटेर अनुहारमा लगाउँदा फाइदा हुन्छ ।

६. आधा गिलास बेसनमा दुई चम्चा कागतीको रस र दही मिसाएर हातपाखुरा तथा गर्धनमा लगाएर २० मिनेट पर्खिएर धोएपछि ठूलो राहत हुन्छ ।

७. भिटामिन ‘ए’को दुई चक्कीलाई धूलो बनाएर उक्त धुलोमा दूध र एकचम्चा काक्रो रस मिसाई घामले डढेको ठाउँमा लगाए छालाको रङमा सफापन आउँछ ।

८. एउटा भाँडोमा पानी लिने र त्यसमा आधा गिलास बेकिङ सोडा राखेर उक्त पानीले घामले डढेको छालामा आधा घण्टा जति बिस्तारै पखालिरहने गर्नाले घामले डढेको छालामा निखार आउँछ ।

९. दिनमा बरफको टुक्रा चारपाँच मिनेटसम्म अनुहारमा दल्नाले अनुहारमा निखार आउँछ ।

१०. नरम माटोलाई भिजाएर मुखमा दली सुकेपछि अनुहार धुनाले प्राकृतिक चमक आउँछ ।