• मंसिर १२ २०८१, बुधबार

राष्ट्रपति भण्डारीद्वारा संसद् बैठक आह्वान

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी छन् । यही फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

यही फागुन ११ गते सर्वोच्च अदालतले संसद् विघटन बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश गरेको थियो ।