• बैशाख १८ २०८२, बिहीबार

फेरि उकालो लाग्यो सुनको मूल्य

फाल्गुन १७ २०७७, सोमबार

काठमाडौँ। नेपाली बजारमा साताको दोस्रो दिन आज सुनचाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।