• बैशाख १८ २०८२, बिहीबार

तनहुँ कारागारका कैदीबन्दीबीच झडप, चारजना घाइते

फाल्गुन १६ २०७७, आईतवार

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीबीच  झडप भएको छ । आईतबार  पाँच बजे उनिहरुबीच विवाद पछि हातहालको अवस्था आएपछि प्रहरीले नियन्त्रणमा लिई छुट्टाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिनुभयो ।
कारागारका निमित्त जेलर नारायण अधिकारीका अनुसार चार जना सामान्य घाईते भएको र उनिहरुलाई दमौली अस्पतालमा उपचार पछि कारागारमा नै ल्याईएको छ । झगडा गर्ने कैदीबन्दीबीच पछि पनि झगडा गर्ने जोखिम भएकोले अन्यन्त्र नै स्थानान्तरण गर्ने सम्भावना रहेको तनहुुँँ कारागारले जानकारी दिएको छ । कैदीबन्दी मनमुटाव भई झगडा हुनुको कारणबारे अनुसन्धान भईरहेको हाल सामान्य अवस्था रहेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । केही वर्ष पनि तनहुँ कारागारमा झडप भएपछि झडपमा सग्लनलाई अन्यन्त्र कारागारमा स्थानान्तर गरिएको कारागार प्रशासनले जनाएको छ ।