१. निम र बयरको पातहरुलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस् । दुई घण्टापछि टाउको धुनुहोस् । एक महिनासम्म यसको प्रयोग गर्नाले कपाल झरना बन्द हुने छ तथा नयाँ कपाल उम्रिनेछ र निकै बढ्नेछ ।
२. यदि कसैको टाउको कपाल या कुनै पनि स्थानको कपाल उड्न आरम्भ भयो भने त्यसको लागि प्याजलाई महमा निकै मसिनो गरि पिसेर राख्नुहोस र जुन स्थानमा कपाल उम्रिन्छन्, त्यहाँ कुनै कपडाले त्यो स्थान नै रातो हुनेगरी रगद्नुहोस् । त्यसपछि त्यस ठाउँमा मह मिश्रित प्याजको लेप गर्नुहोस् । कयौं पटक यसरि लेप गर्नाले कपाल पुनः उत्पन्न हुन्छन् ।
३. कागतीका बीउहरुलाई पिसेर खुइलिएको ठाउँमा लेप गर्नाले कपाल उम्रिन्छन् ।
४. कपाल झर्ने समस्याबाट बचनको लागि नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस् । त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस् । नियमित रुपले यो तेलको प्रयोग गर्नुहोस् ।
५. कागतीको ताजा बोक्रालाई पानीमा हालेर बोक्रा पुरै नगलुन्जेलसम्म उमाल्नुहोस। पानीलाई बिस्तारै बिस्तारै टाउकोमा रगड्दै जानुहोस् । यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्न पनि रोकिन्छ ।
६. अमरबेल बुटी १५० ग्रामलाई ३ किलो पानीमा प्रतिदिन राति उमाल्नुहोस् । पानी आधा रहेपछि निकाल्नुहोस् । प्रातः यो पानीले टाउको धुनुहोस् । लगातार ६ महिनासम्म प्रयोग गर्नुहोस् । कपाल कति धेरै लामो हुनेछ भने तपाईं छक्क पर्नु हुनेछ । कपाल झर्न पनि रोकिनेछ, साथै कपाल बलियो र कालो हुनेछ ।
७. एक कागतीको रसमा चार चम्चा नरिवलको दूध हालेर खोपडीमा दल्नाले कपाल टुट्न रिकिन्छ । यो घोल टाउको धुनुभन्दा एक घण्टा पहिले लगाउनुहोस् । यो क्रियालाई प्रति सप्ताह दोहोर्याउनुहोस् ।
८. बाराका रेशाहरू पातका कोपिलाहरुई पहलका नयाँ कलिहरु नयाँ शाखाको बोक्रा र गुदी तथा कोपिलाहरू दूध (यी सबै २०-२० ग्राम लिएर कुटेर, पिसेर तिल या आलसको तेलमा पकाएर छान्नुहोस् । यसलाई सुगन्धित गर्न चाहनुहुन्छ । भने चमेलीको सुगन्ध हाल्नुहोस् । यो तेल टाउकोको खुइलिएको स्थानमा लगाउनुहोस् । २ महिनामा नै नयाँ कापल अंकुरित हुन थालल्नेछ ।