काठमाडौंको चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय महिला अधिकार मञ्च गठन गरिएको छ । स्थानीय महिलाको अधिकारका लागि समुदायदेखि राष्ट्रिय तहसम्म संगठन निर्माण र सुद्वढिकरण र परिचालन गर्ने र महिला अधिकार मञ्चलाई ग्रामिण महिलाको शक्ति सामूहिक आवाजको रुपमा स्थापित गर्ने उद्देश्यले २०६५ देखि देशब्यापी रुपमा ग्रामिण महिलाको आर्थिक सामाजिक राजनीतिक र सांस्कृतिक अधिकार सुनिश्चित गराई स्वतन्त्र सुरक्षित आत्मानिर्भर र मर्यादित जीवन सुनिश्चित गराउनका लागि गठन भएकोे हो । कार्यक्रम मञ्चकै सदस्य रमिला योञ्जनको संयोजनमा सम्पन्न भएको थियो ।
मातातिर्थस्थित वडा कार्यालयको महिला भवनको हलमा भएको सो कार्यक्रममा ९ सदस्य कार्य समिति चयन भएको छ ।
जसमा अध्यक्षमा मिना गोपाली, उपाध्यक्षमा सुगन्धा सुवेदी सचिवमा सलु रायमाझी कोषाध्यक्ष सञ्जिता खतिवडा सदस्यहरुमा अन्जना जर्गा मेरिना पलाञ्चोकी श्रेष्ठ नमिता थापा, माया योगी, सपना मर्हजन र सल्लाकारमा तथा कृष्णामाया पुर्कोटी रहेका छन् ।