• बैशाख १८ २०८२, बिहीबार

पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना सङ्क्रमण

फाल्गुन १६ २०७७, आईतवार

काठमाडौं, देशभर थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ हजार ५३२ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ६२ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।