काठमाडौँ। गायक भागिरथ चलाउनेको गीत ‘फलाम पिटे तरवार’को भिडियो नेपाली युटुवमा ट्रेण्डिङ्गको उकालो उक्लिरहेको छ। गीतको भिडियो गायक स्वयं भागिरथ चलाउनेको युटुव च्यानलमा उपलोड भएको ४ दिनमै (यो समाचार तयार पार्दासम्म) ट्रेण्डिङ्गको ४ नम्बरमा पुगेको छ।
भागिरथ चलाउने आफैले सिर्जना गरेको सो गीतमा चलाउने र सुनिता बुढाक्षेत्रीले स्वर दिएका छन्। संगीत समेत स्वयं चलाउनेले सिर्जना गरेको ‘फलाम पिटे तरवार’मा संगीत संयोजन आषिस अविरलले गरेका छन्। राग स्टुडियोमा रेकर्ड भएको सो गीतको भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने क्षेत्री स्वयंले नै नृत्य निर्देशन समेत गरेका हुन्। गीतको भिडियोका दृश्यहरुलाई दिपक गिरीले क्यामरामा कैद गरेका हुनभने भिडियो अमृत चापागाईंले सम्पादन सम्पन्न गरेका छन्।
सल्यानमा जन्मिएर लोकदोहरीको क्षेत्रमा क्रियाशील गायक चलाउनेका यसभन्दा पहिले ‘कस्लाई सोध्नेहोला’, ‘हरे शिव राम’, ‘मलेशिया साउदी दुवै’, ‘दिल चोरेको केशमा’, ‘नरिसाउन कान्छु’ लगायत दर्जनौ गीतहरु दर्शक तथा स्रोताहरुमाझ चर्चित एवं लोकप्रिय छन्।
हेरौ भिडियो ↓
‘फलाम पिटे तरवार’को भिडियो नेपाली युटुवमा ट्रेण्डिङ्गको उकालो उक्लिरहदा हालसम्म २ लाख ७५ हजार बढीले सो गीतको भिडियो हेरिसकेका छन् भने हेरेर १९१६ जनाले सकारात्मक प्रतिक्रिया दिएका छन्। भिडियो हेरेर प्रतिक्रिया दिने मध्यका एक शक्ति कुमार गोदार लेख्छन ‘२ दिनमा यो भिडियो २० पटक हेरिसके तरपनि मन अघाउदैन।’त्यस्तै गीतको भिडियो हेरेर भूमिका गिरि लेख्छिन गीत एकदमै मन परो my lord हिजो पनि जिग्री भागिरथ ज्यु को फ्यान थिए आज पनि फ्यान छु र भोलि पनि हुनेछु। र यो कुरामा दुईमत छैन। कहिलेकाहीँ धेरै राम्रो चिजले ढिलो सफलता पाउन सक्छ न आत्तिनु होला । गीतसँग जोडिएका सबै कलाकारको मेहनत लाई हृदय देखि सम्मान ।’ भनेर भूमिकाले नमस्कार समेत गरेकि छिन। त्यस्तै प्रकृती सिम्खडाको प्रतिक्रिया यस्तो छ ‘अरुमा मन फिटिक्कै जादैन,मन परेको मान्छेले लादैन,फलाम पिटे तरबार,साल काटेर दरबार ❣️❣️❣️निकै मिठो शब्द🙏🙏🙏❣️’
युटुवमा मात्रै होइन सो गीत टिकटकमा समेत लोकप्रिय रहेको छ। टिकटकमा गीतको लोकप्रियता देखि लोभीएका लक्षमन पोख्रेल लेख्छन ‘टिकटकतिर बाट हाम फाल्दै युटुबमा गीत खोज्नआको म।’
यो भिडियो हेरिसकेपछि तपाई पनि केहि टिप्पनी लेख्ने कि ?