• असार १ २०८२, आईतवार

ईटालीमा शक्तिशाली ज्वालामुखी विस्फोट ! (तस्बिर सहित)

फाल्गुन १५ २०७७, शनिबार

ईटालीको पूर्वी स्वायत्त क्षेत्र सिसिली नजिकै समुन्द्रको पूर्वी तटमा ज्वालामुखी विस्फोट भएको छ। युरोपकै सवैभन्दा ठुलो ज्वालामुखीको केन्द्र भनेर चिनिएको एट्ना पहाडमा ज्वालामुखी विस्फोट भएको हो।

दुई ठुला शहर क्याटनिया र मेसनियाको बिचमा पर्ने सो एट्ना पहाड धेरै ज्वालामुखी विस्फोट हुने पहाडमा सुचिकृत छ। त्यस पहाडमा धेरैजसो विस्फोट भइरहने हुँदा त्यहाँका मानिसहरु तथा सरकारी अधिकारीहरु त्यहाँ विस्फोट हुनुलाई अनौठो मान्दैनन तापनि सन् १९९२ देखियताको सवैभन्दा ठुलो ज्वालामुखी विस्फोट यसपाली भएको विभिन्न समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

क्याट्नियास्थित नेशनल इन्स्टिच्युट फर जियोफिजिक्स एण्ड भोल्क्यानोलोजीका प्रमुखले इटालीको  समाचार सँस्था एजीआईलाई बताएअनुसार राति सो ज्वालामुखी विस्फोट भएको हो।

मानिसहरु सो ज्वालामुखी हुने पहाडसँग परिचित भएकोले कुनै मानवीय क्षति भने नभएको बताईएको छ। विस्फोट भएपछी मानिसहरुले राति आकास उज्यालो भएको देखेका थिए भने सुन्तला रंगको धुवाको मुस्लो आकासतिर गैरहेको थियो।

हेरौ तस्बिरहरु 

तस्बिर एजेन्सीहरु