• मंसिर १२ २०८१, बुधबार

भ्रष्टाचार नियन्त्रणलाई इतिहासकै बढी प्रभावकारी बनाईने छ:प्रमुख आयुक्त राई

फाल्गुन १५ २०७७, शनिबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार नियन्त्रणको कामलाई अहिलेसम्मकै प्रभावकारी बनाउने बताएका छन्।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले समाज र जनताको अपेक्षा अनुसार भ्राश्टाचार नियन्त्रणमा अहिलेसम्म भए गरेका कामहरुभन्दा अझ बढी प्रभावकारी ढंगले काम गरेर देखाउने बताएका हुन्।

जनताको अपेक्षा र संचार माध्यमले उठाएका सवालहरुलाई संविधान,अख्तियार दुरुपयोग अनुसन्धान आयोग साथै भ्रष्टाचार निवारण ऐनको दायराभित्र रहेर विधी प्रक्रिया र कानूनसम्मतढंगले कामा गर्ने प्रतिवद्दता समेत उनले व्यक्त गरे।

तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारवाही गर्न आफू पछि नहटने धारणा राख्दै प्रमुख आयुक्त राईले विनापूर्वाग्रह कानून विधि र प्रक्रियामा रहेर कुनैपनि अनियमितता र भ्रष्टाचार नियन्त्रणको कामलाई अगाडी बढाउने समेत बताए।

आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी साथै उत्कृष्ट काम गरेर देखाउने प्रमुख आयुक्त राईले बताए।