• असार १ २०८२, आईतवार

मन्त्रिपरिषद बैठकको निर्णय : २३ फागुनमा प्रतिनिधि सभा बैठक बोलाउन सिफारिस गर्ने

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौं ।  मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रबार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

संसद बैठक बोलाउने विषयमा विहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।