• मंसिर १२ २०८१, बुधबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ।

बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने जनाइएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो। सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी यही विषयमा छलफल गरेको बुझिएको छ ।