• बैशाख १७ २०८२, बुधबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५ औं वार्षिकोत्सव

फाल्गुन १४ २०७७, शुक्रबार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले ३५ औं वार्षिकोत्सव मनाएको छ । देशका सातै प्रदेशमा फैलिएका ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैकले जनाएको छ ।

विगत ३५ वर्षको अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र , साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पु¥याइ सकेको बैकले जनाएको छ । यस अवधिमा १ खर्ब ६९ अर्बको निक्षेप संकलन तथा १ सय ५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पु¥याउँदै आएको छ ।
बैंकले ५ अर्ब भन्दा बढीको देशभरि वित्तीय आवश्यता बढी रहेका ३० हजार भन्दा बढी व्यक्तिलाई सीधै लघु कर्जा उपलब्ध गराएको छ । बैकले एक हजार भन्दा बढिलाई प्रत्यक्ष ऋण प्रदान गरेको छ । जुन खाँचोमा परेका देशका लागि र बैंकको ३५ औं वार्षिकोत्सवको शुभ अवसरमा, बैंक कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति एक्येबद्धता प्रकट गर्नका लागि सम्मान ¥यालीको आयोजना समेत गरेको थियो ।
बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई कमर्श (ई–कम) -अनलाइन भुक्तानी र एसएमई- खुद्रा कर्जा आदि बैंकिङ सेवामा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्ने पनि सो अवसरमा जनाएको छ ।