काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन्।गुरुङको स्थानमा ओलीले विशाल भट्टराईलाई जिम्मेवारी दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गुरुङ नेकपा प्रचण्ड माधव समूहमा रहेका छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।
नेकपाको ओली र दाहाल – नेपाल समूहले जिम्मेवारी हेरफेरलाई तीव्र पारेका छन् ।