• बैशाख १७ २०८२, बुधबार

मार्क्सवादी एकता अभियानद्वारा काठमाडौंमा अन्तरक्रिया

फाल्गुन १४ २०७७, शुक्रबार

मार्क्सवादी एकता अभियानले शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शहीद, ‘जनयुद्ध र वर्तमान राजनीतिक व्यवस्था’ विषयमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शहीद सप्ताहको अवसर पारेर मूर्धन्य राजनीतिकर्मी, श्रष्टा, सर्जक, साहित्यकार तथा समालोचकको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आयोजक अध्यक्ष प्राध्यापक रमेश शर्माले कार्यपत्र प्रस्तुत गर्दै नेपालीहरुले सधैं रगत, आँशु र पीडाले मात्र जनताका हक र अधिकारको संरक्षण गर्दै आएको कुरामाथि प्रकाश पारे । राणा शासनको अन्त्य गर्न सचेत बलिदान गर्ने गंगालाल, दशरथ चन्द, शुक्रराज र धर्मभक्त माथेमाको बलिदान पछि नेपाली जनातले ठूलो मात्रामा बलिदेवीमा आफ्ना सन्ततीलाई चढाउनु परिरहेको भन्दै शर्माले तात्कालीन सत्ताधारीहरुले २००८ सालमा चिनियाँ काजीको हत्यासँगै परिवर्तित व्यवस्थाहरुले पनि जनतामाथि अन्याय नै गर्दै आएको कुरामाथि प्रकाश पारे ।


अहिले कार्यपत्रमाथि टिप्पणी गर्ने प्रक्रिया जारी छ । कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक मोहन वैद्य, नेकपाका नेता कृष्णबहादुर महरा, नागरिक समाजमा अगुवा डा. सुन्दरमणि दिक्षित, पूर्व वारअध्यक्ष शम्भु थापा, साहित्यकार नरेन्द्रजंग पिटर, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, युवा नेता परशुराम रम्तेल र घाइते योद्धा गंगा लामा सहभागी रहेका छन् । कार्यक्रमको सञ्चालन निमकान्त पाण्डेले गरिरहेका छन् ।