काठमाडौँ, काठमाडौँको तारकेश्वर नगरपालिका –१ साङ्लामा पुनः बर्डफ्लुकाे संक्रमण देखिएको छ । संक्रमण देखिएपछि थप फैलन नदिन ठूलाे मात्रामा कुखुरा नस्ट गरिएकाे पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिएका छन् ।
बर्डफ्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उनको भनाइ छ।
यसअघि पनि तारकेश्वर क्षेत्रमै बर्डफ्लु देखिएको थियो । काठमाडाैँ लगायत देशका विभिन्न शहरमा बर्डफ्लु भेटिए पनि भारतबाट अवैध रूपमा कुखुराको आयात हुने क्रम भने रोकिएको छैन ।