काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्।
मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो । अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।
सर्वोच्चको आदेश अनुसार फाल्गुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्यतामा रहेका ओलीले यसैबारे छलफलका लागि गएको बुझिएको छ । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।