प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हन् ।
सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ ।
हाल संघीय सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यस अवधिमा कुनै बैठक नभएका कारण तलब मात्रै प्राप्त गर्न लागेका हुन् ।
राष्ट्रिय सभाका सांसदहरुले भने नियमित तलब पाउँदै आएका छन्।