स्रोत नखुलेको २५ लाख नगदसहित दुई जना भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया-७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिआर-०५-के-०७९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई बुधबार राति साढे ११ बवे कलैया उपमहानगरपालिका-८ बरेवा टोलबाट पक्राउ गरिएको हो।
चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट २५ लाख ३५ हजार रकम फेला परेको र सोधपुछका क्रममा उनीहरूले सो रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।