• बैशाख १७ २०८२, बुधबार

१७ सोलार आयोजनाले पाए उर्जा निर्माण अनुमति

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौ । विद्युत सेवा नपुगेका तथा जलविद्युत आयोजनाको सम्भावना नरहेका क्षेत्रमा ११० दशमलव ४७ मेगावाटका १७ वटा आयोजनाले विद्युत विकास विभागबाट निर्माण अनुमति लिई निर्माण कार्य अगाडी बढाएका छन् । नेपाल सरकारले इनर्जी मिक्सको अवधारणा अघि सारेसँगै देशभर सौर्य ऊर्जाको आकर्षण बढेको हो । यो महत्वपूर्ण तथा धेरै प्रयोग गरिएको नवीकरणीय ऊर्जा प्रविधि हो । हाल सरकारले साना घरेलु सौर्य प्रणाली, घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली र सौर्य चूलो तथा सौर्य ड्रायर जस्ता सौर्य तापिय प्रणालीहरुको प्रवद्र्धन गर्दै आइरहेको नवीकरणीय ऊर्जा अनुदान नीति, २०६९ मा उल्लेख छ ।

निमार्णाधिन अधिकांस आयोजना निजी क्षेत्रका रहेका छन् । केहि आयोजना नेपाल विद्युत प्राधिकरणले पनि निर्माण गरिरहेको छ । यस्ता आयोजना मध्ये नुवाकोटमा ५ दशमलव १ सय मेगावाट, ८ दशमलव ३ सय मेगावाट र एक दशमलव ३ सय ७० मेगावाटका तिनवटा आयोजना निमार्ण गरिरहेको छ ।
निजी क्षेत्रबाट रिडी हाईड्रोपावरको ८ दशमलव ५ सय मेगावाट, सोलार र्फामको ५ मेगावाट, ईको पावरको १० मेगावाट, नेपाल सोलार फार्मको ४ दशमलव ४ सय मेगावाट, नेशनल सोलार पावरको ५ मेगावाट, अपी पावरको ४ मेगावाट, ग्लोबल इनर्जीको ८ मेगावाट, जीआई सोलारको ६ दशमलव ८ सय मेगावाट, पिवर इनर्जीको १०र१० मेगावाटका दुई वटा आयोजना र पोजिटीभ इनर्जीको १० मेगावाटको आयोजना निमार्णाधिन अवस्थामा रहेको छन् ।

करिब १ सय ११ मेगावाटका सौर्य उर्जा परियोजना निर्माणमा गईरहेका बेला ४९५ मेगावाटका आयोजनाको भने वातावरणीय अध्ययन जारी रहेको विद्युत विकास विभागको तथ्याङमा उल्लेख छ । वातावरणीय अध्ययन जारी रहेका तिन ठुला आयोजना पनि रहेका छन् । चौधरी ग्रुपले १ सय ७० मेगावाट बराबरको सोलार आयोजनाको सर्भे अनुमति पाएको छ भने पानस इनर्जीले पनि १ सय मेगावाटका आयोजनाको सर्भे अनुमति पाइसकेको छ ।

जलविद्युतको सम्भावना नरहेको प्रदेश २ मा सोलार विद्युतमा भने निजी क्षेत्रबाट सयौं मेगावाटका आयोजना अघि बढेका छन् । पानस इनर्जीले सिरहामा १०० मेगावाटको सोलार परियोजना अघि बढाउन विद्युत विकास विभागबाट अनुमतिसमेत पाइसकेको छ । मिथिला इनर्जीले पनि १०० मेगावाटको सोलार आयोजना बनाउन सर्वेक्षण अनुमति माग्दै विभागमा निवेदन दिएको छ । अन्य साना ठूला दर्जनौ सोलार आयोजना निर्माणाधिन रहेको प्रदेश २ सोलार विद्युतको हब बन्ने भएको छ । सिजी इनर्जीले प्रदेश २ मा १७० मेगावाट सोलार विद्युत उत्पादनको लागि अनुमति लिइसकेको छ । सिजीले पर्सा दुहबीमा ५० र महोत्तरीको पशुपतिनगर, हातीसरुवा, मेघनाथ र गोरहनामा गरि १२० मेगावाटको एउटै सोलार आयोजना निर्माणका लागि अध्ययन अनुमति पाइसकेको छ ।