काठमाडौं । सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने काम यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।
पशुपतिमा जलहरी राख्ने विषयको विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै बुधवार सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
प्रदेशसभा सांसद नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको छुट्टाछुट्टै रिटमाथि सुनुवाई गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
त्यस्तै उक्त विषयमा अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार पक्षलाई आगामी फागुन १७ गते छलफलका लागि बोलाएको छ ।
अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सरकारसँग जलहरी राख्नुको लिखित कारण समेत माग गरेको छ ।
यद्यपी आजनै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा पशुपतिमा जलहरी राखिएको छ ।