• बैशाख १७ २०८२, बुधबार

डा. केसीद्वार सत्याग्रह स्थगित

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए ।

तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आज फागुन १२ देखि सुरू गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’डा. केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तर हामीसित विगतमा भएका सम्झौताहरू कार्यान्वयन नभएसम्म हाम्रो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने हाम्रो अभियान पनि निरन्तर रहने जानकारी गराउँछौं।’