• आश्विन १३ २०८१, आईतवार

मानिस प्रेममा पर्दा गुरुत्वाकर्षणको कुनै भूमिका हुँदैन

फाल्गुन १२ २०७७, बुधबार

अल्बर्ट आइन्स्टाइन

१. ज्ञानभन्दा कल्पनाशीलता कता हो कता महत्वपूर्ण हुन्छ ।

२. मानिस प्रेममा पर्दा गुरुत्वाकर्षणको कुनै भूमिका हुँदैन ।

३. मलाई ईश्वरको सोच जान्न मन छ, अरु त स-साना कुरा हुन् ।

४. यो संसारमा बुझ्न कठिन भनेको आम्दानी कर हो ।

५. वास्तविकता एउटा भ्रम मात्र हो, यो यति कठिन भ्रम हो कि यसलाई हटाउन साह्रै मुस्किल हुन्छ ।

६. मानिसको अन्तरहृदयको आवाज सबैभन्दा मूल्यवान कुरा हो ।

७. मानिस आफूभित्र जस्तो छ, बाहिर उस्तै बाँच्छ भने ऊ वास्तविक रुपमा बाँचेको हुन्छ ।

८. म पक्का भए ईश्वरले कौडा खेल्दैनन् ।

९. ईश्वर बुझ्न कठिन छन्, तर ईश्वरले चाकरी मन पराउँदैनन् ।

१०. प्रवृत्तिको कमजोरी नै चरित्रको कमजोरी बन्न पुग्छ ।

११. म भविष्यका बारेमा कहिल्यै सोच्दिन, किनकि यो चाच्चाँडो आइहाल्छ ।

१२. संसारको कहिल्यै अन्त्य नहुने रहस्य भनेको नै यो बुझ्न सकिने हुनु हो ।

१३. कहिलेकाहिं महंगो मूल्य चुकाउनु परेको वस्तु कुनै समयमा सित्तैमा पाइन्छ ।

१४. धर्मविना विज्ञान लङ्गडो हुन्छ, विज्ञानविना धर्म अन्धो हुन्छ ।

१५. जसले जीवनमा कहिल्यै गल्ती गर्दैन, उसले जीन्दगीमा कहिल्यै नयाँ कुराको प्रयास गरेन भनेर बुझे हुन्छ ।

१६. महान् आत्माहरुले प्रायः कमजोर दिमागका व्यक्तिहरुबाट हिंसा बेहोर्नुपर्ने हुन्छ ।

१७. सबै कुरा भरसक साधरण बनाउने प्रयास गर्नुस्, तर सामान्य बनाउने होइन ।

१८. १८ वर्षसम्म जम्मा पारिएका दोषपूर्ण दृष्टिहरुले मान्छेको कमन सेन्स बनाउँछ ।

१९. यदि कसैलाई यसैबाट जिन्दगी गुजारा गर्नुपर्ने नभइदिए विज्ञान साच्चिकै गज्जबको कुरा हो ।

२०. सिर्जनशीलताको रहस्य भन्नु नै तपाईले आफ्ना स्रोतहरु कत्तिको लुकाउन सक्नुहुन्छ, त्यसैमा भर पर्छ ।

(अच्युत कोइरालाद्वारा संकलित अल्बर्ट आइन्स्टाइन विज्ञान र मानवतामा समर्पित जीवनबाट )