• बैशाख ९ २०८२, मंगलवार

प्रचण्ड-माधव समूहले प्रदर्शन गरेका ‘विजय र्याली’का तस्विरहरु

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौँ। सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीको संसद विघटन गर्ने कदम बदर गरेर संसद पुन:स्थापना गर्ने फैसला गरेको भोलिपल्ट सत्ताधारी नेकपाको प्रचण्ड-माधव समूहले राजधानीमा विजय र्याली प्रदर्शन गरेको छ।

सर्वोच्च अदालतको फैसलाको दिन मंगलवार साँझ राजधानीको माइतिघर मण्डला लगायत देशैभरि दीप प्रज्वलन गरेको सो समूहले बुधवार दिउसो खुसियाली स्वरुप विजय र्याली प्रदर्शन गरेको हो।

नेता, कार्यकर्ता तथा शुभ चिन्तकहरु शान्तिवाटिका अगाडी जम्मा भएर र्याली प्रदर्शन गर्दै जमल,दरवार मार्ग,बाग बजार,पुतलीसडक लगायतका स्थानहरुलाई परिक्रमा गरेका थिए। र्यालीमा सहभागीहरुले के पी ओली बाई बाई, गणतन्त्र हाई हाई,यो जीत कसको जनताको, के पी चोर देश छोड देश छोड लगायतका नारा लगाएका थिए।

युवाहरुको बढीजसो उपस्थिति रहेको सो  विजय र्यालीलाई स्थाई समिति सदस्यहरु अमृत कुमार बोहरा,दिनानाथ शर्मा,देव प्रसाद गुरुङ,जनार्दन शर्मा,पम्फा भुषाल,हितमान शाक्य लगायतले नेतृत्व गरेका थिए। शान्तिवाटिकामा जम्मा भएका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले कुनै ठुलै बिजय भएर वा राष्ट्रिय चाडवाड नै मनाएजस्तो गरेर अबीर आवरण,नाचगान हर्सोउल्लासका साथ प्रदर्शन गरेका थिए।

बिजय र्याली प्रदर्शनमा सहभागी सो समूहका केन्द्रिय सदस्य चर्चित युवा नेता कृष्ण के सीले आज जनताको जीत भएको राष्ट्रिय उत्सव हो भनेर प्रतिक्रिया दिए।

हेरौ तस्विरहरु

मंगलवार सर्वोच्च अदालतले प्रधानमन्त्री के पी ओलीले गरेको संसद विघटनलाई बदर गर्ने फैसला गरेको थियो। गत पुष ५ गते ओलीले संसद विघटन गरेका थिए।