• बैशाख १७ २०८२, बुधबार

पशुपति गएर होइन जनतासित क्षमा माग्नुस् राष्ट्रपति ज्यू : भूषाल

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । नेकपा दाहाल – नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले राष्ट्रपतिले पशुपति गएर क्षमा याचना गर्नु भन्दा जनतासँग क्षमा याचना गर्न सुझाब दिएकी छिन् । राजधानी काठमाडौंमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै भुसालले ‘पशुपतिमा पुजा गर्नु भन्दा जनतामा क्षमा माग्दा राम्रो’ हुने बताइन् ।

‘पशुपतिमा गएको सुनेँ । त्यहाँ क्षमा याचना गर्नु भन्दा जनतासँग क्षमा याचना गर्नुहोस्’, उनले भनिन् ‘प्रधानमन्त्रीले संविधानको हत्या गर्ने अनि राष्ट्रपतिले त्यसको टीका लगाउने गर्नुभयो’,उनले राष्ट्रपतिले संविधानको रक्षा गर्न नसकेको बताइन् ।

राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रपतिको सिफारिसमा प्रमले संसद भंग गरेको र हिजोको सर्वोच्चको फैसलाले राष्ट्रपतिले गरेको सिफारिसमाथि नै नैतिकताको प्रश्न उठेको अवस्थामा भूषालले यस्तो बताएकी हुन् ।