• बैशाख १७ २०८२, बुधबार

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे दाहाल-नेपाल

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर भएकै भोलिपल्ट बुधबार नेकपाको प्रचण्ड-माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।

देउवा निवास बूढानीलकण्ठमा बुधबार दिउँसो भएको प्रारम्भिक छलफलमा प्रतिनिधिसभा विघटन बदरपछिको परिस्थितिबारे चर्चा भएको सभापति देउवाका सहयोगी भानु देउवाले बताए ।

‘उहाँहरु (प्रचण्ड-माधव) भेट्न आउनु भएको थियो,’ उनले भने, ‘प्रतिनिधिसभा पुनर्स्थापनापछिको विकसित परिस्थितिबारे प्रारम्भिक छलफल भयो ।’
‘नयाँ सरकार गठनका लागि कुनै प्रकारको प्रस्ताव आयो ?’ भन्ने प्रश्नमा उनले त्यस प्रकारको प्रस्ताव नआएको बताए । ‘प्रारम्भिक चरणमा परामर्श भएको हो,’ उनले भने, ‘अहिले त्यस्तो ठोस प्रस्ताव आएको छैन ।’