काठमाडौं । संसद पुन:स्थापना गर्नु भन्ने सर्वोच्च अदालतको हिजोको आदेशसँगै ओलीले प्रतिगमन लादेको भन्दै विरोधमा रहेका नेकपा दाहाल-नेपाल समूहले जनताको विजय भएको भन्दै काठमाडौंमा जुलुस निकालेको छ ।
प्रतिगमन विरुद्ध आज गर्ने भनिएको विरोध सभालाई उनीहरुले विजय जुलसमा बदलेका छन् । शान्तिवाटिकाबाट शुरु भएको विजय जुलुस जमल, दरबारमार्ग हुँदै राष्ट्रियसभा गृह अगाडी पुगेर सभामा परिणत हुनेछ ।
जुलुसमा सहभागीहरुले ‘सर्वोच्च अदालत हाई हाई’, ‘नागरिक समाज धन्यवाद’, ‘यो जित कसको जनताको’, ‘सर्वोच्च अदालतले के गर्यो, संविधान र लोकतन्त्रको रक्षा गर्यो’ लगायतका नारा लगाएका थिए । जुलुस शुरु हुनुभन्दा पहिले उनीहरूले आपसमा अबिर दलेर संसद् पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका थिए ।