• मंसिर १२ २०८१, बुधबार

ओलीको निरंकुता ढल्यो तर संसद पुनर्स्थापनाले संकटको समाधान हुँदैन : मोहन वैद्य

फाल्गुन १२ २०७७, बुधबार

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यस्थामा देखिएको संकट समाधान नहुने बताएका छन् ।

हिजोको अदातलको फैसलाले केपी ओलीको निरंकुतालाई असफल तुल्याइदिएको भन्दै संसद पुनर्स्थापना भएपनि संकट समाधान भने नहुने उनको भनाई रहेको छ । आज विज्ञप्ति जारी गर्दै वैद्यले यस्तो बताएका हुन् ।

विज्ञप्तिमा वैद्यले संसदीय व्यवस्थाले नेपालको राजनीतिक समस्याको हल गर्दैन भन्ने धारणा राख्दै आएकोमा आज त्यो पुष्टि भएको बताउँदै उनले देशमा अब जनगणतन्त्र व्यवस्थामा जानुको विकल्प नभएकोमा जोड दिएका छन् ।