काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल -नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय जुलुस गर्ने भएको छ ।
काठमाडौंको शान्तिवाटिकामा बुधबार (आज )दिउँसो १२ बजे विजय जुलुस निकालिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने सम्भावना छ ।
सर्वाेच्च अदालतले मंगलबार संसद् विघटन बदर गरेको थियो