• बैशाख १७ २०८२, बुधबार

सर्वोच्चको फैसलाले सविधानवाद, लोकतन्त्र र संघीय गणतन्त्रको रक्षा गरेको छ : उपेन्द्र यादव

फाल्गुन ११ २०७७, मंगलवार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागत योग्य भएको बताएका छन्।

उनले सर्वोच्चको फैसलाले संविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको उल्लेख गर्दै फैसालाले मुलुकलाई द्वन्द्व र संकटबाट जोगाएको टिप्पणी गरेका छन्।

‘प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले सच्याएको छ, यो फैसलाले सविधानवाद, लोकतन्त्र र सघीय गणतन्त्रको रक्षा गरेको छ,’ उनले भने, ‘हाम्रो पार्टी यो फैसालाको स्वागत गर्दर्छ।’