सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री के पी ओलीको कदमलाई बदर गरिदिएपछि पुर्व प्रधानमन्त्री तथा नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले जनताको जीत भएको प्रतिक्रिया दिएका छन्।
अदालतले संसद विघटनको विपक्षमा फैसला गरेर संसद पुन:स्थापनाको पक्षमा फैसला गरेपछि पुर्व प्रधानमन्त्री नेपालले सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार समेत व्यक्त गरेका छन्।
एक ट्विट गर्दै नेपालले सो प्रतिक्रिया व्यक्त गरेका हुन्। नेपालले भनेका छन् ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु, सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।’